बेपत्ता ६४४ पर्यटकमा कुन देशका कति ?

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ६ सय ४४ जना पर्यटक तथा तीर्थयात्री सम्पर्कविहीन भएका छन् । तीमध्ये एक सय २७ जना नेपाली र पाँच सय १७ जना विदेशी पर्यटक रहेको नेपाल प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा सबैभन्दा धेरै एक सय ७८ जना भारतीय पर्यटक छन् । त्यसपछि अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५, जर्मनी र रुसका आठ–आठ, सिंगापुरका नौ, लाटभिया र दक्षिण अफ्रिकाका ६–६ जना छन् ।

यस्तै, जापान र न्यूजिल्यान्डका पाँच–पाँच, फ्रान्सका चार, बेल्जियम र स्पेनका तीन–तीन, इटाली र आयरल्यान्डका दुई–दुई तथा बेलारुस, बुल्गेरिया, फिनल्याण्ड, हंगेरी, इजरायल, कजाकिस्तान, लिथुआनिया, नेदरल्याण्ड, फिलिपिन्स, पोर्चुगल, सर्बिया, स्विडेन र स्विट्जरल्याण्डका एक–एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित