गोलबजारमा पाँच स्वास्थ्यकर्मीको छैटौँ तहमा स्तरवृद्धि,नगरपालिकाद्वारा सम्मान

Picture of हरियो पाटी

हरियो पाटी

574
SHARES
786
VIEWS

गोलबजार । गोलबजार नगरपालिका अन्तर्गत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत पाँच जना कर्मचारी पाँचौँ तहबाट छैटौँ तहमा स्तरवृद्धि भएपछि नगरपालिकाले सम्मान गरेको छ।स्तरवृद्धि हुने कर्मचारीहरूमा बिनिता साह, पूजा महतो, अञ्जनाकुमारी राय, सुरेशकुमार सिंह र सुधीरकुमार सिंह रहेका छन्।स्तरवृद्धि भएका कर्मचारीलाई गोलबजार नगरपालिकाका उपप्रमुख मान्ती साह र प्रमुख प्रशासकीय अधिकृत रूपनारायण खतिवडाले अबिर तथा खादा लगाएर सम्मान गरेका हुन्।

नगरपालिकाले कर्मचारीको कार्यसम्पादन, योगदान तथा जिम्मेवारीलाई ध्यानमा राख्दै गरिएको स्तरवृद्धिपछि उनीहरूलाई सम्मान गरिएको जनाएको छ। स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीको मनोबल बढाउन तथा थप जिम्मेवारीका साथ सेवा प्रवाहमा प्रोत्साहित गर्न सम्मान गरिएको सरसफाइ सुपरभाइजर सहेन्द्र यादवले जानकारी दिए।


स्तरवृद्धिपछि कर्मचारीहरूले आगामी दिनमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, जिम्मेवार र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित