काठमाडौँ। प्रहरीले अहिलेसम्म सम्पत्ति शुद्धीकरण सम्बन्धी २८ वटा मुद्दाको अनुसन्धान गरेको छ। २०८० चैत ३० को मन्त्रिपरिषद्ले प्रहरीलाई पनि सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्ने जिम्मेवारी दिएको थियो।
त्यसपछि अहिलेसम्म २८ वटा मुद्दा अनुसन्धान गरेर सरकारी वकिल कार्यालय मार्फत अदालतमा अभियोजन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले जानकारी दिए।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा संलग्न ७८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको थियो।
आर्थिक वर्ष २०८२/०८३ मा प्रहरीले शुद्धीकरण १५ मुद्दाको अनुसन्धान पुरा गरेको छ। ती मुद्दामा संलग्न ५३ जना प्रतिवादी पक्राउ परेका छन्। अहिले प्रहरी युनिटहरूमा ४४ वटा सम्पत्तिको मुद्दा अनुसन्धानको प्रक्रियामा रहेको डीआईजी काफ्लेले बताए।
अनुसन्धानरत मुद्दामा ३०२ जना आरोपी कसुरमा संलग्न देखिएका छन् । तीमध्ये १०६ जनालाई पक्राउ गरिएको र अरू फरार सूचीमा रहेको डीआईजी काफ्लेले बताए।


















Discussion about this post