सिरहामा स्कूलबसले किचेर एक छात्रा र बसका सहचालकको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

सिरहा, १७ असार। सिरहा सिरहामा स्कूलबसले किचेर एक छात्रा र बसका सहचालकको मृत्यु भएको छ। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा विद्यालय बसको किचेर एक ५ वर्षीया छात्रा र चहचालकको मंगलबार अपरान्ह मृत्यु भएको हो।

पायनर एजुकेसनल एकेडेमी लहान १२ को विद्यार्थीबोक्ने को १ ख ३५९९ नम्बरको बसले किच्दा सोही विद्यालयमा अध्ययनरत लक्ष्मीपुर पतारी गाउँपालिका २ की ५ वर्षीया बालिका समीक्षा साह र सहचालक लहान २२ लवटोलका २२ वर्षीय राम उदगार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वरमेश बहादुर पालले जानकारी दिए। विद्यालय बिदापछि विद्यार्थीलाई घर पुर्‍याउने क्रममा यो दुर्घटना भएको हो।

प्रहरीका अनुसार बसबाट सहचालक यादवले विद्यार्थीलाई ओराल्ने क्रममा बसको पछाडि पुगेका बेला चालकले बस गुडाउँदा पछाडिका टायरले दुवैजनालाई किचेको थियो।
प्रहरीले दुर्घटनामा संलग्न बसलाई नियन्त्रणमा लिएको छ।

बस चालक घटनापछि फरार रहेको प्रहरीले जनाएको छ। शव पोष्ट मार्टमको लागि राउस्मारक प्रादेशिक अस्पताल लहानमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वरमेश बहादुर पालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित