मधेसका निलम्बित सांसद सिंहलाई ४ वर्ष कैद र ३८ लाख जरिवानाको फैसला

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

काठमाडौँ । विशेष अदालतले मधेस प्रदेशका निलम्बित प्रदेशसभा सदस्य सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना हुने फैसला सुनाएको छ ।

मङ्गलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सिंहलाई ४ वर्ष १ महिना कैद र ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

अदालतले ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम सिंहबाट १ लाख ५४ हजार ५ रुपैयाँ ५६ पैसा क्षतिपूर्ति शुल्क असुल गरी ‘पीडित राहत कोष’ मा जम्मा गर्न समेत आदेश दिएको छ । साथै सिंहले घुस बापत लिएको ३८ लाख ५० हजार १३९ रुपैयाँ सरकारी कोषमा जफत गर्न भनेको छ।

Laxmi sunrise bank

महोत्तरी क्षेत्र नं. ४ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहले विभिन्न उपभोक्ता समितिहरूबाट ‘घुस कमिसन’ बापत कुल ३८ लाख ५० हजार १३९ रुपैयाँ लिएको पुष्टि भएको अदालतले जनाएको छ । प्रतिवादी सिंहले उक्त रकम लिएको सम्बन्धमा विवाद नगरेकाले अदालतले सोही रकमलाई भ्रष्टाचारको ‘बिगो’ कायम गरेको छ।

उपभोक्ता समितिको खाताहरूमा जम्मा दाखिला भएको रकम आफ्नो स्वकीय सचिव विनोद कुमार लाल कायस्थ मार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा ३८ लाख ५० हजार १३९ रुपैयाँ जम्मा दाखिला गरेर हिनामिना गरेको अभियोगमा सिंहमाथि लागेको थियो।

Asian Paints

12

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित