पूर्वकाे गाउँपालिकालाई सरकारको निर्णय अमान्य

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएको छ । गाउँपालिकाले शनिबार र आइतबार बिदा दिने निर्णय कार्यान्वयन नगर्ने जनाएको हो । बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्दा कर्मचारी र सेवाग्राही दुवैलाई समस्या भएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमुले बताए ।

अन्य बेलाजस्तै बिहान १० बजेदेखि कार्यालय सञ्चालन गरिने उनले जानकारी दिए । जनआस्थासँग उनले भने,‘बिहान ९ बजे कार्यालय आउन ७ बजे घरबाट निस्किनुपर्छ । खाना पनि खान भ्याइँदैन । त्यसैले हामीले आइतबार बिदा नदिने निर्णय गरेका हौं ।’ सरकारको निर्णय सबै जिल्लाका लागि व्यवहारिक नभएको उनको जिकिर छ ।

अगाडि थपे,‘काठमाडौंमा सरकारको निर्णय ठिकै होला । तर, हामीकहाँ इन्धनको खासै प्रयोग हुँदैन । त्यसैले त्यो निर्णय हाम्रो निम्ति व्यवहारिक भएन । सरकारले जिल्लाअनुसार निर्णय गर्दा राम्रो हुन्थ्यो ।’ मध्यपूर्वको तनावका कारण इन्धनको संकट भएपछि सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयनमा पनि गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित