आज भएको मेयर गोल्डकपमा चात्यसा कल्ब झापाको शानदार प्रदर्शन,विराटनगरमाथि ५–१ को जित

Picture of हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

सिरहा। सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा झापाको चात्यसा फुटबल क्लबले प्रभावशाली प्रदर्शन गर्दै विराटनगरमाथि ५–१ गोलको शानदार जित दर्ता गरेको छ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको चात्यसाले पहिलो हाफमै ४ गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो। दोस्रो हाफमा थप १ गोल गर्दै झापाले कुल ५ गोल पुर्‍यायो। जवाफमा विराटनगरले खेलको अन्तिम समयमा मात्र १ गोल फर्काउन सके पनि हार टार्न सकेन।

चात्यसाका लागि जर्सी नम्बर ६ का शिशिर लेखीले पहिलो गोल गरेका थिए। त्यसपछि जर्सी नम्बर २१ का मन्जेश ढकालले दोस्रो गोल थपे। जर्सी नम्बर १० का रिचर्डले उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरे भने जर्सी नम्बर ८ का विशाल घलानले अर्को १ गोल गर्दै टोलीको जित सुनिश्चित गरे। विराटनगरका लागि जर्सी नम्बर ११ का चिरन राना मगर लामाले सान्त्वना गोल गरे।

उत्कृष्ट प्रदर्शन गरेका झापाका जर्सी नम्बर ८ का विशाल घलान ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई उक्त पुरस्कार गोलबजार नगरपालिका–६ का अध्यक्ष तथा नगर प्रवक्ता संजित लामाले प्रदान गरेका थिए।आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत भोलिको खेल उदयपुरको कटारी र गोलबजार युनाइटेड क्लब सिरहाबीच दिउँसो २ बजे हुने तय गरिएको छ।

गोलबजार नगरपालिका–२ गुरुधामस्थित खेलग्राममा सञ्चालन भइरहेको प्रतियोगितामा देशका विभिन्न स्थानबाट ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद रु. ४ लाख ४४ हजार ४४४ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. २ लाख २२ हजार २२२ सहित ट्रफी हात पार्नेछ। साथै ‘म्यान अफ द म्याच’, ‘उत्कृष्ट खेलाडी’ लगायत विभिन्न विधामा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित