माउन्ट एभरेष्ट कलेज बीबीए दोस्रो सेमेष्टरमा ८० प्रतिशत विद्यार्थी उतिर्ण

Picture of हरियो पाटी

हरियो पाटी

521
SHARES
714
VIEWS

सिरहा,  सिरहाको गोलबजार ४ स्थित माउन्ट एभरेष्ट इन्टरनेशनल कलेजले बीबीए दोस्रो सेमेष्टरमा ८० प्रतिशत विद्यार्थी उतिर्ण भएकोमा प्रध्यापक तथा विद्यार्थीलाई शुभकामना प्रदान गरेका छन्। राजर्षी जनक विश्वविद्यालयबाट सम्वन्धन प्राप्त कलेजमध्ये सवैभन्दा बढी विद्यार्थी उतिर्ण गराउन सफल भएको भन्दै कलेज प्रशासनले विद्यार्थी तथा प्रध्यापकहरुलाई शुभकामना दिएका हुन्।

कलेजले विद्यार्थी तथा प्रध्यापकहरुको हौसल्लाको लागि कलेज परिसरमै एक कार्यक्रमको आयोजना गरी सम्मान तथा शुभकामना प्रदान गरिएको कलेजका संस्थापक मनोज कुमार यादवले जानकारी दिए। उनल यो नतिजाले आफू खुसि हुनुका साथै थप जिम्मेवार बनाएको समेत बताए। उनले भने, ‘यो नतिजा हाम्रो सम्पूर्ण कलेज टिम र विद्यार्थीको मेहनतको प्रतिफल हो। नतिजाले हामी असाध्यय खुशी भएका छाँैं। यो नतीजाले हामीलाई खुशीसँगै थप जिम्मेवार बनाएको छ।

संस्थापक यादवले कलेज प्रशासन तथा व्यवस्थापन सदैव सवैखालका योगदान गर्न तत्पर रहेको बताउँदै ‘कलेको शिर उच्च राख्न प्रध्यापकको योगदान र विद्यार्थीको लगान’ आवश्यक रहेको बताए। उनले भने, ‘यो कलेज व्यवस्थापनको एक्लो प्रयासले भएको हुँदै होइन। सिङ्गो टीमवर्कको नजीता हो। विद्यार्थीको मेहनत र लगनको प्रतिफ हो। म सधैं प्रध्यापक, विद्यार्थी तथा अन्य सम्वन्धित पक्षसँग यहि अपेक्ष गरिरहेको हुन्छु।’

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथी परीक्षा बोर्डका संयोगक संजय पाण्डे, परीक्षा फाँट प्रमुख प्रमोद यादवले प्रध्यापकको योगदान र विद्यार्थीको मेहनतले राम्रो नतीजा प्राप्त भएको बताए। उनीहरुले उर्तिण विद्यार्थीहरुलाई शुभकामना दिदैं निरन्तर मेहनतको लागि हौसला प्रदान गरे।

सोही क्रममा कलेजका संयोजक अनिल यादवले कलेज व्यवस्थापन, प्रध्यापकको मेहनत  विद्यार्थीको लगनशिलताले यो नतीजामा पुग्न सफल भएको बताउँदै शुखि वयक्त गरे।

पत्रकार अर्जुन थपलिया, जयनारायण यादव, रामभरोसी यादव, वैजनाथ यादव, सुरेश रायलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

राजर्षि जनक विश्वविद्यालबाट ६० भन्दाबढी कलेजले सम्वन्धन लिएर स्नातक र स्नातकोत्तर कार्यक्रम संचालन गरिरहेको छ। यस कलेजबाट परीक्षामा सहभागी ४० मध्ये ३२ विद्यार्थी उतिर्ण भएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित