गोलबजार नगरपालिकाद्वारा बेरुजु तिर्न ३५ दिने सार्वजनिक सूचना

Picture of हरियो पाटी

हरियो पाटी

575
SHARES
788
VIEWS

सिरहा, गोलबजार – गोलबजार नगरपालिका ले विभिन्न हाटबजार ठेक्कासम्बन्धी बाँकी बेरुजु रकम असुल गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

२०८२ चैत ६ गते प्रकाशित सूचनाअनुसार ठेक्का सम्झौता गरेका केही व्यक्तिहरूले तोकिएको समयभित्र राजस्व तथा दस्तुर नबुझाएको पाइएकाले नगरपालिकाले सार्वजनिक सूचना जारी गरेको जनाएको छ। महालेखा परीक्षकको प्रतिवेदनमा समेत उक्त रकम असुल गर्नुपर्ने उल्लेख रहेको बताइएको छ।

सूचनाअनुसार बिरेन्द्र कुमार यादवले रु. १ करोड ३३ लाख ११ हजार ४३१, भागेश्वर यादवले रु. २५ लाख ७३ हजार ५००, साधुराम यादवले रु. ४ लाख ७० हजार र सुरेश कुमार मण्डलले रु. २१ लाख ६ हजार ५१ बेरुजु तिर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले तोकिएको ३५ दिनभित्र रकम दाखिला नगरेमा सम्बन्धित व्यक्तिहरूको तीन पुस्तेसहितको विवरण काठमाडौं  कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयकाठमाडौं पठाइ सार्वजनिक गरिने चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित