आजदेखि खाना पकाउने ग्यास आधा सिलिन्डरमा

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

काठमाडौं, २९ फागुन। आजदेखि खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै पाइने भएको छ। नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो।

उपभोक्ताले आवश्यकभन्दा बढी परिमाणमा ग्यास सिलिण्डर भण्डारण गर्न थालेपछि निगमले बजारमा आधा सिलिन्डर पठाउने निर्णय गरेको कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले जानकारी दिए।

पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव र पश्चिम एसियामा बढ्दो द्वन्द्वको भयले पनि ग्यास भण्डार गरेर राख्ने प्रवृत्ति बढ्दो छ।

निगमले इन्डियन आयल निगम (आईओसी)सँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ।

तर भारतबाट मागअनुसारको ग्यास आउन छाडेको छ। नेपालमा औसतमा दैनिक १२० बुलेट ग्यास आवश्यक पर्छ। करिब दैनिक ८० वटाको हाराहारीमा बुलेट आइरहेको छ।

सरकारले यसअघि २०७२ मा भारतले लगाएको नाकाबन्दीका बेला पनि आधा सिलिन्डर ग्यास वितरण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित