पूर्वमन्त्री होमनाथ दाहालको निधन

Picture of हरियो पाटी

हरियो पाटी

531
SHARES
727
VIEWS

काठमाडौँ । पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ काठमाडौँमै उनको निधन भएको वरिष्ठ पत्रकार तथा लेखक पुरुषोत्तम दाहालले जानकारी दिए ।

८४ वर्षीय दाहाल केही समयता केही अस्वस्थ थिए ।  आज बिहान ७ बजेदेखि ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पण गरिने र ९:३० बजेपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली तथा दाह संस्कार परिवारका सदस्यले जानकारी दिए ।

दाहालकी धर्मपत्नी सुधा दाहाल यतिखेर वीर अस्पतालमा उपचारार्थ  रहेकी छिन् । दाहालका दुई छोरा डा सुधाम्शु  र हिमाम्सु रहेका छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वरिष्ठ पत्रकार समेत रहेका दाहाल   नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित