गोलबजारका जनस्वास्थ्य निरीक्षक यादवको निधन, दीप प्रज्वलन गरी श्रद्धाञ्जली

Picture of हरियो पाटी

हरियो पाटी

545
SHARES
746
VIEWS

सिरहा – गोलबजार नगरपालिका-११, आसोपुर बलकावास्थित स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षकका रूपमा कार्यरत तेज नारायण यादवको सवारी दुर्घटनापछि उपचारका क्रममा मंसिर २४ गते, बुधबार निधन भएको छ। दुर्घटनापछि अस्पतालमा उपचाररत यादवको निधनले नगरपालिकाको स्वास्थ्य सेवा क्षेत्रमा ठूलो क्षति पुगेको सहकर्मीहरूले बताएका छन्।

उनको निधनप्रति गोलबजार नगरपालिकाका कर्मचारीहरूले बिहीबार साँझ गोलबजारको मुख्यचौक गोलचक्करमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। श्रद्धाञ्जली कार्यक्रमबारे जानकारी दिँदै नगरपालिकाका जिन्सी शाखा प्रमुख निरन्जन साक्यले कार्यक्रममा अधिकांश कर्मचारीहरूको उपस्थिति रहेको बताए।

दिवंगत यादवका सेवाभाव र योगदानलाई स्मरण गर्दै नगरप्रमुख श्याम कुमार श्रेष्ठको सचिवालयले पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको जनाएको छ।
दिवंगत कर्मचारीप्रति सम्मानस्वरूप गोलबजार नगरपालिकाले आज शुक्रबार सार्वजनिक बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले जानकारी दिएका छन्। यादवको आफनै घर नजिकै मोटर साइकल दुर्घटनामा मृत्युु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित