प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक भन्छन्, ‘युवा पुस्ता सन्तुष्ट हुनेगरी काम गर्छु’

हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

उनले आफ्नो कार्यकालमा मुख्य प्राथमिकताको विषयबारे समेत उल्लेख गरेका छन् । गुणस्तरीय विद्युत् आपूर्ति, विद्युतको पहुँच विस्तार, निर्यात प्रवर्द्धन र प्राधिकरणलाई आर्थिक तथा प्राविधिक रूपमा सुदृढ बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

कार्यकारी निर्देशक सिलवालले सार्वजनिक संस्थाबाट सेवा पाइरहेका युवा पुस्ता ग्राहकको सन्तुष्टिमा विशेष जोड दिएका छन् ।

‘युवा पुस्ताको अपेक्षा ठुलो छ, तर जुन हिसाबले सेवा डेलिभरी पाइराखेका छन्, उनीहरू सन्तुष्ट छैनन्। अब उनीहरू सन्तुष्ट हुने गरी हामीले सेवा प्रवाहमा सुधार गर्नुपर्छ,’ उनले भने, ‘ देशभर अझै पनि विद्युत् पहुँच नपुगेका स्थानहरूमा विद्युतीकरणलाई तीव्रता दिनुपर्ने आवश्यकता पनि छ ।’

त्यस्तै, औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्तिमा विशेष ध्यान दिइने उनको भनाइ छ। ‘निजी क्षेत्रसँग सहकार्य गरेर विद्युत् खरिद बिक्री बढाउने र भारत लगायतका मुलुकहरूमा आयात निर्यातको सम्भावना अध्ययन गरी वृद्धि गर्ने कुराहरूमा हामी काम गर्छौँ,’ उनले भने, ‘प्राधिकरणले पहिले नै निजी क्षेत्रबाट उत्पादित विद्युत् खरिद बिक्री गरिरहेको छ, आगामी दिनमा समेत य निजी क्षेत्रसँगको सहकार्यलाई थप बलियो बनाउनु पर्नेछ ।’

प्राधिकरणको आन्तरिक सुदृढीकरण पनि आफ्नो अर्को प्रमुख एजेन्डा भएको उनले बताए । प्राधिकरणलाई आर्थिक र प्राविधिक दुवै रूपले सुदृढ बनाउनु पर्ने तथा डेडिकेटेड ट्रंकलाइनको बक्यौताको असुलीलाई पनि प्राथमिकतामा दिनुपर्ने आवश्यकता रहेको उनले बताए ।

उनले निजी क्षेत्रसँगको विद्युत् खरिद सम्झौतालाई समेत निरन्तरता दिने बताए । नेपाल सरकारले तयार पारेको २८ हजार मेगावाटको उर्जा रोडम्यापलाई आफ्नो कार्यदिशा मान्ने भन्दै उनले निजी क्षेत्र समेत सहयोगमा मात्रै यो सम्भव हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित