काठमाडौं, साउन १२ – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई अमेरिकाको न्यूयोर्कमा आयोजित एक विशेष समारोहमा ’ग्लोबल हिरो अवार्ड’ प्रदान गरिएको छ। प्रवासी नेपालीहरूको संस्था ‘हामी नेपाली ग्लोबल’ले उनलाई यो सम्मान प्रदान गरेको हो।
ऊर्जाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका घिसिङ हाल अमेरिका, बेलायत र युरोपका विभिन्न देशको भ्रमणमा रहेका छन्। प्रवासमा रहेका नेपाली समुदायका विभिन्न संघसंस्थाहरूले आयोजना गरेका कार्यक्रम तथा अन्तरक्रियाहरूमा सहभागी हुँदै उनी एक महिनासम्म विदेश भ्रमणमा रहनेछन्।
विद्युत् व्यवस्थापनमा परिवर्तन ल्याएर ‘लोडसेडिङ मुक्त नेपाल’ अभियानका अगुवा मानिने घिसिङलाई अन्तर्राष्ट्रिय स्तरमा पनि सम्मान प्राप्त हुनु नेपालका लागि गौरवको विषय भएको प्रतिक्रिया आएका छन्।


















Discussion about this post