हरियाेपाटी संवाददाता
सिरहा, १ साउन: हेल्पिङ हर्ट नेपालद्वाराले बुधबार एक कार्यक्रमको आयोजना गरि बुधवार जिल्लाका विभिन्न पालिका तथा गाउँपालिकाबाट आएका ९५ जना अनाथ तथा आर्थिक रूपमा विपन्न बालबालिकालाई प्रतिव्यक्ति १३,हजार रुपैयाँका दरले नगद प्रदान गरिएको हो।
स्थानीय स्तरमा बालबालिकाको संरक्षण, शिक्षा र जीवनस्तर उकास्न सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा गोलबजार नगर प्रमुख श्याम कुमार श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू अत्यन्तै आवश्यक रहेको बताए। उनले भने, “समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा हेल्पिङ हर्ट नेपालको योगदान प्रेरणादायी छ। नगरपालिकाले यस्ता जनमुखी अभियानमा सधैं सहकार्य गर्ने बताए ।
कार्यक्रममा गोलबजारका व्यवसायी राम सगुन यादव, उद्योग वाणिज्य संघ अध्यक्ष विजय साह, हेल्पिङ हर्ट नेपालका महासचिव मिराज खान,नेपाल प्रहरीका प्रतिनिधि, विभिन्न वडाका अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।
विगतदेखि नै समाजसेवामा सक्रिय रहँदै आएको हेल्पिङ हर्ट नेपालले अनाथ, असहाय तथा विपन्न बालबालिकालाई लक्षित गरी विभिन्न सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बुधवारको कार्यक्रम वडा नं. ११ का अध्यक्ष सोहेव अनवरले सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।



















Discussion about this post