एयर इन्डिया विमान दुर्घटना: भग्नावशेषबाट ५० शव निकालियो

हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

काठमाडौं – गुजरातको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ।

उद्धारकर्मीहरूले विमानको भग्नावशेषबाट हालसम्म ५० जनाको शव निकालेका छन्। आगलागी नियन्त्रण र उद्धार कार्यसँगसँगै जारी रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्नेछ।

घटनास्थलमा उद्धार तथा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। उनीहरूले आगो निभाउँदै भग्नावशेषभित्र फसेका घाइते तथा अन्य यात्रुहरूको खोजीलाई तीव्र पारेका छन्।

विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीसहित २४२ जना यात्रु सवार थिए। लन्डनका लागि उडान भरेको केही मिनेटमै विमान दुर्घटनामा परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित