कान्स फिल्म फेस्टिभलमा गएको विषयमा सोधपुछ गर्न अख्तियारले बोलायो मेयर शाहलाई

हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन)  साहलाई फ्रान्स भ्रमणको जानकारी दिन आग्रह गरेको छ ।

गत वर्ष जेठमा फ्रान्स भ्रमणमा जाँदा उनको सचिवालयका सदस्यहरुलाई पनि कर्मचारीको रुपमा सहभागी गराएको विषयमा अख्तियारले जानकारी दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

कान्स फिल्म फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुन मेयर साह गत साल फ्रान्स गएका थिए । त्यतिबेला मेयर साहले फिल्म फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका थिए ।   फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुखका रुपमा सहभागी भएका थिए । मेयर साहले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको पनि अवलोकन गरेका थिए ।

साहको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरेको थियो ।  गत २०८१ जेठ १ गते फ्रान्स गएका साह ७ जेठमा नेपाल आएका थिए । त्यहाँ जाँदा उनले सुनिल लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीको रुपमा सहभागी गराएको विषयमा अख्तियारमा उजुरी परेपछि सो विषयमा जानकारी दिन आग्रह गरेको हो ।

यो विषयमा बुझ्नका लागि मेयर शाहको सचिवालयलाई सम्पर्क गर्न खोज्दा हुन सकेन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित