जनमत पार्टीले मधेस सरकारका दुई मन्त्री फेरबदल गर्दै

हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

सिरहा । मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले मन्त्रिपरिषद्मा फेरबदल गर्ने तयारी गरेको छ।  सरकारमा सहभागी भएको करिब एक वर्षपछि पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी थालेको हो।

पार्टी सचिवालयका अनुसार हाल प्रदेश सरकारमा समावेश रहेका वन मन्त्री त्रिभुवन साह र उद्योग मन्त्री सकिल अलीलाई फिर्ता बोलाउने तयारी गरिएको छ। उनीहरूलाई फिर्ता बोलाएर मन्त्रालयमा नयाँ अनुहार पठाउने तयारी भइरहेको छ।

पार्टी स्रोतका अनुसार अब ती मन्त्रालयमा वसन्त कुशवाहा र सञ्जय यादवको नाम लगभग टुङ्गो लागिसकेको छ।  तर, कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन।

आज साँझसम्म टुङ्गो लगाएर भोलि शुक्रबार शपथग्रहण गराउने तयारी पार्टीले गरेको छ। पार्टीभित्र आन्तरिक समीकरण तथा कार्यदक्षताका आधारमा मन्त्री फेरबदल गरिएको स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित