मध्यरातमा भारतद्वारा पाकिस्तानमा ‘एयर स्ट्राइक ९ स्थानलाई लक्षित

Picture of हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

काठमाडौँ । भारतीय सेनाले बुधबार राति ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका ‘आतंकवादी’ शिविरहरूमा एयर स्ट्राइक गरेको छ।

भारतीय सेनाको उक्त अपरेशन अन्तर्गत कुल ९ स्थानहरूलाई लक्षित गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ। यद्यपि, पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई भने लक्षित नगरिएको भारतीय सेनालाई उदृत गर्दै समाचारमा उल्लेख छ ।

२२ अप्रिलमा कश्मीरको पहलगाममा हमला भएको थियो। यसमा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भएको थियो। आक्रमणकारीहरुले पर्यटकहरूलाई उनीहरूको धर्म सोधेपछि गोली हानेको बताइएको छ ।

पहलगाम आक्रमणको घटनाको भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले हाल अनुसन्धान गरिरहेको छ। एनआईएले यस विषयमा अप्रिल २७ मा जम्मूमा मुद्दा दर्ता गरेको थियो।

अप्रिल २३ मा भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानी नागरिकहरूको १४ श्रेणीको भिसा रद्द गरिएको बताएका थिए। सार्क भिसा धारकहरूलाई अप्रिल २६ सम्ममा भारत छोड्न भनिएको थियो भने मेडिकल भिसा धारकहरूलाई अप्रिल २९ सम्ममा भारत छोड्न आदेश दिइएको थियो। बाँकी १२ श्रेणीका भिसा धारकहरूलाई अप्रिल २७ सम्मको समय दिइएको थियो।
यसैबीच अर्को भारतीय सञ्चारमाध्यम एबीपी न्युजले भारतीय सेनाले पहलगाममा भएको हमलाको बदला लिएको समाचारमा उल्लेख गरेको छ ।

यसैबीच पाकिस्तानी सञ्‍चार सेवाका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले कोटली, बहावलपुर र मुजफ्फराबादमा “कायरतापूर्ण आक्रमण” गर्दै मध्यरातपछिको समयमा मिसाइल आक्रमण गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित