इसेवा ह्याकगरि एक करोड चोरी

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
713
VIEWS

काठमाडौं – काठमाडौं अनामनगर बस्दै आएका कञ्चनपुरका एकै व्यक्तिले चार हजार इसेवा अकाउन्ट ह्याक गरेका छन्।ती अकाउन्ट ह्याक गर्दा २२ वर्षीय ती युवकले एक करोड दुई लाख रुपैयाँ चोरी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-१ घर भई हाल काठमाडौं अनामनगर बस्दै आएका युवक राहुल बुढालाई पक्राउ गरेको छ। उनलाई वैशाख २ गते कालिमाटीबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता अंगुर जिसीले बताए।

चोरी गरेको रकम उनले पशुपति ग्लोबल इनोभेसन प्रालिको मर्चेन्ट खातामा रकमान्तर गरेको जिसीले बताए। ‘यो उनले अहिलेको एक साताको अवधिमा गरेको चोरी हो,’ जिसीले भने।इसेवाले अन्य धेरै अकाउन्ट ह्याक गरेको जनाएको जिसीले बताए। ‘हामीले अप्रिलको एक साताको स्टेटमेन्ट निकाल्दा उक्त बराबरको रकम चोरी गरेको पाइयो,’ उनले भने।

बुढाले ती चार हजार व्यक्तिलाई एसएएमएस पठाए। उक्त म्यासेज ‘द अलर्ट’, ‘एटी अलर्ट’ नामका थिए। ती ठगीका लिंक थिए।बुढाले म्यासेजमा खाता ‘सस्पेन्ड’ हुन लागेको भन्दै ‘भेरिफाई गर्न लिंक खोल्न भनेका थिए। ती व्यक्तिहरूले लिंक खोलेपछि बुढाले उनीहरूको इसेवामा सहजै पहुँच पुर्‍याएर रकम चोरीको जिसीको भनाइ छ।

यसबारे विस्तृत अनुसन्धान भइरहेको उनले बताए। बुढालाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित