सिरहा, फागुन २९ सिरहामा प्रहरी हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेका अर्नमा गाउँपालिकाका असलम मन्सुरी बिहीबार साँझ हिरासतबाट फरार भएका हुन् ।
प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा बिहीबार नै उनलाई पक्राउ गरिएको थियो । तर, केही घण्टामै उनी प्रहरी हिरासतबाट फरार भएको जिल्ला प्रहरी कार्यालयका सिरहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जनाएका छन ।
इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले घटनाबारे जानकारी दिँदै भने उनको खोजी कार्य तीव्र रूपमा भइरहेको छ । विभिन्न स्थानमा प्रहरी परिचालन गरेर हामी खोजीमा जुटेका छौं ।
प्रहरी स्रोतका अनुसार मन्सुरीको खोजीका लागि मिर्चैया क्षेत्रका विभिन्न स्थानमा विशेष सुरक्षा चेकजाँच गरिएको छ ।
साथै, उनको सम्भावित लुक्ने स्थानहरूमा प्रहरी टोलीपरिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सिरहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवान जनाएका छन । ratopati
Discussion about this post