सिरहा – सिरहाको गोलबजार नगरपालिका भित्र भइरहेको विकास निर्माण कार्यलाई प्रभावकारी बनाउन नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ। विशेष गरी, एलआईपी डब्लु परियोजनाअन्तर्गत आरसीसी सडक ढलान कार्यको गुणस्तर सुनिश्चित गर्न नगर प्रमुख श्याम कुमार श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र एलआईपी डब्लुका शाखा प्रमुख सुरेश कुमार ठाकुर सहितको टोलीले अनुगमन गरेको छ।
नगर प्रमुख श्रेष्ठका अनुसार जनताको माग अनुसार काम गराउन सबै कर्मचारीलाई निर्देशन दिइएको छ। उनले भने, “गोलबजारमा नियमअनुसारको विकास कार्यलाई प्राथमिकता दिइएको छ, नगरवासीको चाहना र आवश्यकतालाई केन्द्रमा राखेर योजनाहरू अगाडि बढाइनेछ।”
गोलबजार नगरपालिकाले विभिन्न वडाहरूमा पूर्वाधार निर्माणमा ध्यान दिँदै आएको छ। सडक ढलान, ढल व्यवस्थापन, खानेपानी तथा सरसफाइ जस्ता योजनाहरू कार्यान्वयन भइरहेका छन्। स्थानीय नागरिकले समयमै गुणस्तरीय काम सम्पन्न होस् भन्ने चाहना राखेका छन्, जसलाई पूरा गर्न नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको हो।
नगर प्रमुख श्रेष्ठले नगरवासीलाई विकास निर्माण कार्यमा सक्रिय सहयोग गर्न आग्रह गरेका छन्। उनले विकासको नाममा अनियमितता हुन नदिन नगरवासीको चनाखो भूमिका आवश्यक रहेको समेत बताए। गोलबजार नगरपालिकाले आगामी दिनमा सार्वजनिक सुनुवाइ, अनुगमन प्रतिवेदन र पारदर्शी ठेक्का प्रक्रियालाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ ।
गोलबजार नगरपालिकाले विकास निर्माणलाई तीव्रता दिँदै गुणस्तरीय र प्रभावकारी कार्यान्वयनमा जोड दिइरहेको देखिन्छ। नगर प्रमुख श्रेष्ठको नेतृत्वमा भइरहेको अनुगमनले सडक ढलान जस्ता पूर्वाधार परियोजनाहरूमा पारदर्शिता र जनउत्तरदायित्वको संस्कृति विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय तहको दिगो विकासमा सक्षम नेतृत्व, पारदर्शिता र जनसहभागिता नै सफलता प्राप्त गर्ने प्रमुख आधार रहेको बिकास निर्माणको गतिले निर्धारण गरेको देखिन छ ।
Discussion about this post