काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले भारतबाट गुण्डा नाइके लरेन्स बिस्नोइको नाममा राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी र अन्य दुईजना व्यापारीलाई धम्की दिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रसाईंको निर्देशनमा हरिचन्द्र फुयल र रामचन्द्र मैनालीले धम्की दिएका हुन् ।
तेह्रथुम घर भएर बिर्तामोड बस्ने रामचन्द्र मैनाली फरार छन् । काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार उनीहरुले गभर्नर अधिकारीलाई ज्यान लिने र अंगभंग बनाउने धम्की दिएका हुन् । व्यवसायी दिपेन्द्र अग्रवाल र पवन कुमार गोल्यानलाई उनीहरुले लरेन्स बिस्नोइको सदस्य तथा सुटर हुँ भनेर धम्की दिएको प्रहरीको अनुसन्धान खुलेको छ । सरकारी वकिलले प्रसाईंसहित ३ जनालाई प्रतिवादी बनाएर काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
Discussion about this post