सिरहामा प्रहरी प्रशासनकै मिलेमत्तोमा अवैध ग्राभेल उत्खनन

हरियो पाटी

हरियो पाटी

573
SHARES
785
VIEWS

सिरहा, २१ पुस ।
सिरहा सिरहाको धनगढीमाई नगरपालिकामा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको आजसम्म कुनै ग्राभेल खानी, खोला ठेक्कामा लागेको छैन्। तर पनि निर्वाध रुपमा यस नगरपालिकाको विभिन्न क्षेत्रबाट ग्राभेल उत्खनन् जारी छ।
स्थानीयको दवाव र सञ्चार माध्यमहरुको निरन्तर निगरानी पछि गत शुक्रवार (पुस १९गते) धनगढीमाई नगरपालिकाले सरोकोकारबाला सवैलाई भन्दै ‘अनाधिकृत रुपमा खानीहरुबाट ग्राभेल उत्खनन् र संकलन तथा ढुवानी कार्यमा रोक लगाइएको’ सूचना जारी गरेको छ।

सूचनामा खानीबाट ग्राभेल उत्खनन्, ढुवानी, बिक्रि वितरण तथा अनुगमन कार्यलाई व्यवस्थित गर्नका लागि आन्तरिक गृह कार्य गर्नु पर्ने भएको हुँदा अर्को आदेश नभए सम्मको लागि सबै खानीहरुबाट ग्राभेल उत्खनन् कार्य बन्द गरिएको भन्ने लेखिएको छ।

त्यसैगरी, गोलबजार नगरपालिकाले पनि ग्राभेल उत्खनन कार्य बन्द गर्ने सम्वन्धमा भन्दै कमलाईमाई सप्लायर्स धनुषा प्रा.लि.को नाममा पुस १२ गते पत्र नै काटेको छ।
गोलबजार नगरपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा वडा नम्वर १ मा एउटा मात्र खानी सञ्चान गर्न कमलामाई सप्लायर्सलाई इजाजत दिएको थियो। अनुमती दिइएको कम्पनीले आईई प्रतिवेदनले तोकेको परिमाण अनुसार ग्राभेल उत्खनन भईसकेकोहुँदा अव उपरान्त उख्नन् बन्द गर्न पत्र काटेको हो।

दुवै नगरपालिकाले सूचना जारी गरेको हप्तादिन वितिसक्दा पनि अझै जनप्रतिनिधी, प्रहरी, प्रशासन र ठेकेदारसँगको साँठगाठमा निर्वाध रुपमा ग्राभेल उत्खनन्, संकलन र ढुवानी भईरहेको छ। हिजो शनिवार अपरान्ह गोलबजार नगरपालिका १ गागनखोलाको पूर्वीकिनारस्थित नेत्रज्योती महिला सामुदायिक वनक्षेत्रमा अवैधरुपमा जम्मा गरेको ग्रोभल ढुवानी भईरहेको थियो। वन क्षेत्र सीमाङ्कन गर्न आएका वन कर्मचारी र वनका पदाधीकारीहरुको अगाडीबाटै उनीहरुले ग्राभेल ढुवानी गरिरहेका थिए। सञ्चारकर्मी देखेपछि ग्राभेल बोक्ने टिफर र स्काभेटर त्यहाँबाट अन्यत्र लगे ।

वन सीमाङ्कनका लागि सहजिकरण गर्न पुगेका स्थानीय शिक्षक सागर पूर्वेले हामीलाई देखेपछि अनाधिकृत ग्राभेल उत्ननन्ले जमिन बर्वाद पारेको भन्दै चिन्ता व्यक्त गरे।
त्यतिमात्र हैन उनले एकैसासमा सञ्चारकर्मीसँग भने, हाम्रो क्षेत्रको जमिन सवै वरवाद भयो, अव पत्रकारहरुले नै बचाई दिनु पर्यो, हामीले यहाँका जनप्रतिनिधी, प्रहरीलाई खवर गर्दा हामी आफै खतरामा पर्यौं अव तपाईहरुले नै हाम्रो गाउँ–ठाउँ बचाईदिनु होस्।’

‘हाम्रो घर पछाडी उत्खनन् भईरहेको हामी थाहा पाउँछौं, प्रहरीलाई रोक्न अनुरोध गर्दै खवर गर्यो हामी नै खतरामा पर्छौं। फोन राख्न पाएको हुँदैन ठेकेदारले हामीले काम गर्न नपाउने भन्दै फोनबाटै धम्याउँछन्। जनप्रतिनिधीलाई भन्यो, मैले सवैको ठेक्कालिन सक्दिन भन्दै तर्कन्छ; शिक्षक पूर्वेले भने, ‘ अव पत्रकारले नै केही केही उपाय निकाल्नु पर्यो, हाम्रो भुमिको शुरक्षा गरिदिनु पर्यो।’

केहि वेरमै वन क्षेत्र नक्सानका लागि १ नम्वर वडाका अध्यक्ष देववहादुर थापा पनि त्यहिँ आईपुगे। सामुदाकियक वनक्षेत्रमै सङ्कलन गरी राखेको ग्राभेल देखाउँदै वडा अध्यक्ष थापालाई हामीले प्रश्न गर्यौं, तपाईंंकै अनुमतिले हो ग्रोभल यहाँ जम्मा परेको? भनि प्रश्न गर्दा उनको रेडीमेट उत्तर आयो ‘ म सवैको ठेक्कालिन सक्दिन, पत्रकारहरुले पनि सहयोग गर्नु पर्यो।’

यति भनि सकेपछि वडा अध्यक्षको गुनासो पनि उहि आयो। मैले मात्र रोक्न सक्दिन। जानकारी भएको बेला प्रहरीलाई खवर गर्छु, उनीहरु ठेकेदारसँगै मिलेको छ। मैले मात्र के गर्ने?
हामीले त्यहिबाट नजीकको प्रहरी चौकी मुक्सारलाई फोन गर्यौं। ग्राभेल उत्खनन भएको क्षेत्र चौकीबाट करिव १ किलोमिटरको दुरीमा छ। मुक्सार चौकीका इञ्चार्ज असई जगदिश साहलाई त्यहाँ आईपुग्न करिव डेढ घण्डा लाग्यो। उनले खानी मै रहेको दुई वटा स्काभेर भेटे। तर, स्काभेटरले खनेको छैन भन्दै तर्कीए केही बेरमा चालक नभएको भन्दै त्यसै फर्किए। उनी फर्किन नपाउँदै ठेकेदारले स्काभेर लिएर गए।

यो त भयो कनिष्ट प्रहरीको रवैयो। जिल्लाका प्रहरी प्रमुखहरुलाई नै ग्राभेल उत्खननको सूचना गर्दा पहिला निजी जमिनमा होला भन्ने, सूचकले अवैध रुपमा उत्खनन् भईरहेको छ, भन्यो भने त्यो स्थानीय तहले हेर्ने हो, भन्ने सूचक अझै करकाप गरेर सरहरुले पनि हेरिदिनुपर्यो भनेर अनुरोध गर्यो भने, ठिकै छ, प्रहरी पठाईदिन्छु भन्ने तर, फोन राख्न नपाउँदै नजीकका ठेकेदारको फोन आईहाल्ने स्थानीयको भनाई रहँदै आएको छ।

जिल्लामात्र हैन यहाँका ग्राभेल उत्खनन्मा सक्रिय माफियाहरुले प्रदेश मन्त्रालयसम्म मोटो रकम पुर्याउने गरेको एक बन अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा बताए। उनलेभने, ‘माफियाहरुले मन्त्रालयसम्म आर्थिक चलखेलले प्रभावित पारिसकेको छ। तपाईहरु जति लेख्नुस, हाम्रा वनका कर्मचारीले जतिसुकै उत्खनन्मा संलग्न उपकरण समाओस्, ती सवै न्यूनतम् राजश्व बुझाएर छुट्छ।’

सिरहाको गोलबाजर र धनगढीमात्र हैन महेन्द्र राजमार्गसँग जोडिएका बलादेखि कमलासम्मका पालिकाहरुमा यहि रवैया छ। कुनै पालिकामा ग्राभेल उत्खनन् गर्ने अहिलेसम्म सम्झौता भएको छैन। तर, कर्जन्हा, मिर्चैैया, गोलबजार, धनगढीमाई र लहान नगरपालिकाको ठाउँ ठाउँमा अवैध उत्खनन् गरेर ग्राभेल थुपारेर राखेको छ। यसले स्थानीय जनप्रतिनिधी, प्रहरी प्रशानको सवै रवैले मिलेमत्तोको पुष्टि गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित