कोरियामा बिमान दुर्घटना, ज्यान गुमाउनेको संख्या ६२ पुग्यो

Picture of हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

सियोल, १४ पुस । दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ ।दक्षिण कोरियाको एक विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा कम्तीमा ६२ जनाको मृत्यु भएको पुष्टी भएको छ ।

जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किँदै गर्दा धावनमार्गबाट ​​बाहिर निस्केर मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएर आगलागी भएको थियो । यसमा १८१ जना सवार थिए, दुई जना बाँचेकालाई अहिलेसम्म उद्धार गरिएको जापानको उद्दार बिभागले जनाएको छ।

कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार १८१ यात्रु बोकेको सो बिमान दुर्घटना हुदाँ कम्तीमा २८ जनाको मृत्यु भएको सुरूमा जानकारी दिएको थियो । उसका अनुसार विमान धावनमार्गबाट ​​बाहिर निस्केको र देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किन पुगेको थियो ।

योनहापका अनुसार उद्धार अभियान जारी रहँदा दुइ व्यक्ति जीवितै फेला परेको छ। उद्दार कार्य जारी रहेको जनाउँदै सो समाचार एजेन्सीले थप बिवरण आउन बाँकी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित