सिरहाकाे स्कार्पियो चन्द्रनिगाहपुरमा दुर्घटना आठ जनाको मृत्यु

हरियो पाटी

हरियो पाटी

545
SHARES
746
VIEWS

बारा । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

दर्शनार्थी चढेको बा १६ च ३१६२ नम्बरको स्कर्पियो  चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

मृतक मध्ये अधिकांशको सनाखत हुन सकेको छैन । सबै मृतक र गाडी सिरहाको रहेको र उनीहरूका आफन्तहरू आएपछि पहिचान खुल्ने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित