वरिष्ठ गायक तथा संगीतकार भजन शिरोमणिलाई श्रद्धाञ्जली

हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिएको छ।भजन शिरोमणि समेत उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो।उनको शवलाई अहिले काठमाडौंको सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान राखिएको छ।

ख्याती प्राप्त गायक तथा संगीतकार आचार्यलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायत नेताहरू प्रज्ञा प्रतिष्ठान पुगेका छन्।त्यस्तै गायक, संगीतकार, कलाकार र रंगकर्मीहरूले पनि प्रज्ञा प्रतिष्ठान पुगेर उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।

वरिष्ठ गायक तथा संगीतकार आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा सोमबार बाटोमै निधन भएको थियो।  अचानक अक्सिजनको मात्रा घटेपछि उनलाई अस्पताल लगिँदै थियो।आचार्यले ‘मुटु जलिरहेछ’, ‘जति चोट दिन्छौ’, ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरूको’, ‘माया मेरी साँझ

बिहान’, ‘हजार आँखा हेर्ने’लगायत करिब चार सय गीतमा आवाज दिएका छन्। गायक आचार्यको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनको परिवारले जनाएको छ। गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि सांगीतिक क्षेत्रमै क्रियाशील छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित