काठमाडौँ । नेकपा माओवादी केन्द्रको मंगलबारदेखि सुरु भएको विधान अधिवेशनमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न २० समूह बनाइएको छ । २० समूहमा टोली नेता चयन गरेर छलफल अघि बढाउने निर्णय भएको हो ।
जसअनुसार समूह १ मा अञ्जना विशंखे र समूह २ मा अमृता थापा टोली नेता चयन भएका छन् । यसैगरी समूह ३ मा ओनसरी घर्ती, समूह ४ मा कमला रोका, समूह ५ मा काली बहादुर मल्ल, समूह ६ मा कुल प्रसाद केसी, समूह ७ मा खगराज भट्ट, समूह ८ मा गणेश मान पुन, समूह ९ मा जयपुरी घर्ती टोली नेता चयन भएको एक प्रतिनिधिले जानकारी दिए ।
यस्तै समूह १० मा जोखबहादुर महरा, समूह ११ मा नारायणप्रसाद दाहाल, समूह १२ मा परशुराम तामाङ, समूह १३ मा पूर्णकुमारी सुवेदी, समूह १४ मा प्रह्लाद बुढाथोकी, समूह १५ मा महेश्वरराज जंग गहतराज, समूह १६ मा विश्वनाथ साह, समूह १७ मा यशोदा सुवेदी र समूह १८ मा शशी श्रेष्ठ टोली नेता चयन भएका छन् ।
यसैगरी समूह १९ मा सत्य पहाडी र समूह २० मा हकिकुल्ला खाँ टोली नेता चयन भएका छन् । टोली नेताहरुले समूहमा छलफल गरेर हलमा निष्कर्ष पेस गर्नेछन् । समूहमा प्रज्ञा हल र पार्टी कार्यालय पेरिसडाँडामा मस्यौदा विधानमाथि छलफल हुनेछ । अधिवेशन तीन दिनसम्म जारी रहने छ ।
Discussion about this post