सिरहाकाे एसईई परिक्षामा भाइबरबाट चिट चोरी,गर्दै

हरियो पाटी

हरियो पाटी

621
SHARES
851
VIEWS

सिरहा, २५ चैत्र । सिरहा
सिरहा सहित देसै भर चैत १७ गते विहिवार बाट  एकैपटक सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई सिरहामा भाइबर र म्यासेन्जरबाट शिक्षक तथा अभिभावकहरुले चिट चोराउने नयाँ तरिका अपनाइएको भएपनि सम्बन्धित निकाय मौन देखिएको छ ।

परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डहरुले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र बाहिर रहेका शिक्षक तथा अभिभावकहरुलाई म्यासेन्जरमा पठाई प्रश्नपत्र आउट गर्ने गरेको पाइएको छ । उक्त प्रश्नपत्रकाआधारमा उत्तर तयार गरी पुनः भाइबर वा म्यासेन्जरको साथै बिभिन्न तरिकाले परीक्षा केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चिट गर्नका लागि पठाउने गरिएको छ ।

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको पहिलो दिन देखिनै सिरहाको अधिकांश परीक्षा केन्द्रहरुमा भाइबर र म्यासेन्जर मार्फत प्रश्न आउट गर्ने र म्यासेन्जरकै माध्यमले उत्तरविद्यार्थीसम्म पुर्याउने गरिएको नाम नखुलाउने शर्तमा एक शिक्षकले बताए ।

सिरहा सदरमुकामकाको साथै लहान, मिर्चैया, जमदह, फुलबरिया गोलबजार, कर्जन्हा, बन्दिपुर,चेहर्वा फुलबरीया, बर्छबा लगायत जिल्लाका अधिकांश परीक्षा केन्द्रहरुमा भाइबर र म्यासेन्जरबाट चिट चोराउने गरिएको श्रोतको दाबी रहेको छ । परिक्षामा एउटा बेन्चमा दुई जना परिक्षार्थीबस्ने नियम रहेपनि जिल्लाका अधिकांश परिक्षा केन्द्रहरुमा एउटा बेन्चमा ५ जना सम्म बसेको पाईएको छ । यति मात्र नभएर सिट जहाँ भएपनि परिक्षार्थीहरु आफुखुसी परिक्षा हलमा बसेको पाईएको छ । ४० परीक्षाकेन्द्र रहेको सिरहामा यो वर्ष सिरहाबाट कुल १०हजार १ सय ५५ परीक्षार्थी परीक्षामा सहभागी रहेको जिल्ला समन्वय इकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी सिरहामा एक सय २८ सामुदायिक र ५४ संस्थागत विद्यालयपका विद्यार्थी सहभागी रहेकाे छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित