चितवनमा नेपाली कांग्रेसका कट्टर बिद्रोही नेताका रुपमा छबि बनाएका नेता हुन जगन्नाथ पौडेल । स्थानिय तहको निर्बाचनमा भरतपुर महानगरको मेयरमा नेपाली कांग्रेसले आफ्नो उम्मेद्वार नराखी पाँच दलिय गठबन्धनबाट माओबादी केन्द«की नेतृ रेनु दाहाललाई उठाएपछी पार्टिबाट बागी उम्मेद्वारको रुपमा रहेर देशै भर चर्चा पाएका उम्मेद्वार जगन्नाथ पौडेल यसपटको प्रतिनिधि सभा सदस्य चितवन क्षेत्र न.३ बाट पनि स्वतन्त्र उम्मेद्वार बनि आफ्नो चृुनावि प्रचारप्रसार तथा घरदैलो अभियानमा सकृय हुन थालेका छन् ।
आसन्न मंसिर ४ को निर्वाचनमा चतवन क्षेत्र न.३ बाट बिजयी हुने लक्ष्यका साथ मैदानमा होमिएका उनै पौडेल सानो सानो स्वार्थमा अल्मलिएर ,नैतिकता र इमान गुमाएर, सन्त , महन्त र क्रान्तिकारी भएको बहाना नगर्नु नै ठीक रहेको जिकिर छ ।
आफ्ना मतदाता तथा समर्थक संग अन्तरकृया गर्दै पौडेलले नेपाली कांग्रेसका समर्थकहरुलाई केन्दि«त गर्दै चुनाबको समयमा आफ्नो दलमा योग्य उम्मेद्वार रहदा रहदै भिन्न दलको उम्मेद्वारलाई साथ दिनु कार्यकर्ता माथी र बिकास माथीको कुप्रहार रहेको बताए । उ नले सत्ता र स्वार्थका लागी हिड्नेहरुलाक्षर्् यसपटक जनताले सवक सिकाउन्ुपर्ने बताए ।
उनले आफु समृद्धीको सपना बोकेर आएको र सुर्यमुखी फुलमा मतदान गर्न पनि समर्थकहरुलाई आग्रह गरे । भुइँकटहर समुहका साथीहरुले जबर्जस्ती उम्मेदवारी दिन लगाएको र बिच बाटोमा नै अलपत्र छोडेको आरोप उहाँको छ । अहिले उहाँलाई नेपाली काग्रेस बिपी पार्टि चितवनले सहयोग गरेको छ ।
Discussion about this post