सेफ सन्तोष साह बिगो बराबरको धरौटी बुझाएर छुटे

Picture of हरियो पाटी

हरियो पाटी

528
SHARES
723
VIEWS

काठमाडौँ — बैंकिङ कसुर मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह बिगो बराबरको धरौटी बुझाएर छुटेका छन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार साहले मुद्दाको बिगो बराबर धरौटी बुझाएपछि हाजिर जमानीमा रिहा भएका हुन्। ‘उहाँले बिगो बराबरको धरौटी बुझाएपछि छुट्नुभएको छ। हाजिर जमानीमा छोडिएको हो। अनुसन्धान जारी छ, बोलाएको बेला उपस्थित हुनुहुन्छ,’ एसपी भट्टराईले भने।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि प्रहरीले साहलाई शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, रमानन्द चोकबाट पक्राउ गरेको थियो। उनीसँगै सिराहाको कर्जन्हा नगरपालिका–९ का ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका थिए। उनी पनि रिहा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित