सिरहा क्षेत्र नम्वर ३ का उम्मेदवार अशेश्वर यादवसहित ५ जना पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

511
SHARES
700
VIEWS

सिरहा प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नम्वर ३ का उम्मेदवार अशेश्वर यादवसहित ५ जना पक्राउ परेका छन्। मौनअवधिका बेला नेपाल-भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

 माडरबाट सिरहा सिरहा सदरमुकामतर्फ आउँदै गरेको
प्रदेश २, ०२ ,००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा उक्त रकमसहित ५ जनालाई पत्रफाउ गरेको जिल्ला प्रहरीले कार्यलय सिरहाका प्रहरी प्रमुख बासुदेव पाठकले जनाएको छ ।

जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरीले गाडीबाट नमुना मतपत्रसमेत फेला परेको दाबी गरेको छ।

नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ भने थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरी जनाएको छ। जिल्ला प्रहरीले कार्यलय सिरहाका प्रहरी प्रमुख बासुदेव पाठकले जनाएको छ ।
यो समाचार हुबहु पढनु हाेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित