एकै घरका पाँच जनामाथि छुरा प्रहार दुई जनाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

540
SHARES
740
VIEWS

काठमाडौँ। बारामा एकै घरका पाँच जनामाथि छुरा प्रहार गरिएको छ। छुरा प्रहारबाट दुई जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार परवानिपुर गाउँपालिका १‚ रहरिया डिहमा बुधबार बिहान छुरा प्रहार गरी हत्या गरिएको हो। छुरा प्रहारबाट २८ वर्षीय रामेइशवर मण्डल र ४६ वर्षीया सुमित्रा देवीको घटनास्थलमै मृत्यु भएको छ।

उनीहरू दुवैको घाँटीमा चक्कु प्रहार भएको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। कुँवरका अनुसार ५० वर्षीय जगरूप मण्डल, २३ वर्षीया मानिता देवी र २० वर्षीया रिणाकुमारी मण्डल घाइते छन्। उनीहरूलाई एलएस न्युरो अस्पताल परवानीपुर पठाइएको छ।

“शव घटनास्थलमै छन्, जिल्ला प्रहरी कार्यालय र मातहत प्रहरी कार्यालयको टोली अनुसन्धानमा जुटेको छ,” कुँवरले भने।
बुधबार बिहान (राति २ बजे) अपरिचित व्यक्ति घरमा पसेर परिवारैमाथि छुरा प्रहार गरेको कुँवरले बताए। उक्त समूहबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित