मधेसका एमाले अध्यक्षसहित तीन समानुपाति उम्मेदवारविरुद्ध आयोगमा उजुरी

Picture of हरियो पाटी

हरियो पाटी

542
SHARES
743
VIEWS

सिरहा– नेकपा (एमाले)का मधेस प्रदेशका अध्यक्ष रहेका समानुपातिक सूचीका उम्मेदवार चन्देश्वर मण्डलसहित तीन जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। फागुन २१ को निर्वाचनका लागि दलहरूले पेश गरेको समानूपातिक तर्फको बन्दसूचीमा समावेश भएका मण्डलसहितका उम्मेदवारहरुको योग्यतामाथि प्रश्न उठाउँदै  उजुरी परेको निर्वाचन अधिकृत तथा आयोगका सचिव कृष्णबहादुर राउतले जनाए।सिरहाका मण्डल आदिवासीतर्फका व्यक्ति भएकाले मधेशी क्लस्टरमा नमिल्ने भन्दै उजुरी परेको हो। त्यस्तै अपाङ्गतातर्फ नेपाली कम्युनिष्ट पार्टीको सूचीमा रहेको ललितपुरका जीवन लामाविरूद्ध उजुरी पनि परेको छ। लामा अपाङ्ग व्यक्ति नभएको दाबी गर्दै उजुरी परेको आयोगले जनाएको छ।

राप्रपाका समानुपातिक उम्मेरदवार धनकुटाका कुमारबहादुर थापाविरूद्ध उत्तरपानी चिया बगानको जग्गा अनिधिकृत बेचबिखन गरेको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन रहेको भन्दै उजुरी परेको छ। आयोगले सम्बन्धित पक्षलाई आ-आफ्नो सबुत र प्रमाणसहित माघ १३ गते दिउँसो ४ बजेभित्र कार्यालयमा उपस्थित हुन पत्रचार गरेको छ। उपस्थित नभए कानुनबमोजिम अघि बढ्ने समेत आयोगको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित