सिरहमा कुनै उम्मेदवारका विरुद्ध परेन उजुरी

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

सिरहा -जिल्लामा मंगलबार उम्मेदवारी दर्ता गरेका कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन । बुधबार उम्मेदवारका विरुद्धमा उजुरी गर्ने समयसीमा तोकिएको हो ।

बुधबार दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने समयतालिका रहे पनि कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको सिरहाका सहायक निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत भेषराज भटराईले बताए ।
जिल्लाका ४ वटा निर्वाचन क्षेत्रमा १३९ जना उम्मेदवारले मंगलबार मनोनय दर्ता गरेका थिए ।

निर्वाचन अधिकृतको कार्यालयहरूका अनुसार क्षेत्र नं. १ देखि ४ सम्म ५५ जना दलगत र ८४ जना स्वतन्त्र गरी १३९ जनाको उम्मेदवारी दर्ता भएको छ जसमा दलगततर्फ महिला तीन र पाँच स्वतन्त्र गरी आठजना महिला उम्मेदवार छन् ।
क्षेत्र नं. १ मा १४ जना दलगत र १८ जना स्वतन्त्र गरी ३२ जना उम्मेदवारमध्ये  उज्यालो नेपाल पार्टीकी ताराकुमारी चौधरी र स्वतन्त्र उम्मेदवारको रूपमा लहान– १ की सुलोचना कुश्मी गरी दुईजनाले मात्र मनोनयन दर्ता गराएका छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका रामसुन्दर चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निवर्तमान युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेकपा एमालेका निवर्तमान सांसद रामशंकर यादव, नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादव, जनता समाजवादी पार्टी नेपालका सत्यनारायण यादव, जनमत पार्टीका रामस्वरूप चौधरीकाे उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टीसहित १४ दल र १५ जना स्वतन्त्र गरी २९ जनाको उम्मेदवारी हुँदा तीन महिलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । धनगढीमाई– ४ की उषाकुमारी यादव तथा शान्तिदेवी यादव र सुखीपुर– १ की कपलेश्वरीदेवी साहको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसबाट संविधानसभा सदस्य तथा पार्टी जिल्ला सभापति रामचन्द्र यादव, नेकपा एमालेका नवीनकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका शिवशंकर यादवलगायत उम्मेदवार छन् ।

नेपाली कांग्रेसका डा. सुभाषचन्द्र यादव, नेकपा एमालेका लीलानाथ श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साह, रास्वपाका शम्भुकुमार यादव, जसपा नेपालका अशेश्वर यादव र जनमत पार्टीका रोहित महतोसहित १२ दलीय र २९ स्वतन्त्र गरी ४१ जनाको मनोनयन दर्ता भएको छ । क्षेत्र नं. ३ मा एक स्वतन्त्र र एक दलगत गरी दुईजना महिला उम्मेदवार छन् ।

नरहा– २ की ज्ञानुदेवी सिंह दनुवार आम जनता पार्टी र सिराहा– १ की इन्दिलाकुमारी यादव स्वतन्त्र गरी दुई महिलाको उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत भेषराज भटराईले बताए । रातोपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित