सिरहा क्षेत्र नम्वर २ बाट २९ जनाको उम्मेवारी

Picture of हरियो पाटी

हरियो पाटी

522
SHARES
715
VIEWS

सिरहा, ६- सिरहा क्षेत्र नम्वर २ बाट १४ वाट दलसहित २९ जनाले उम्मेवारी दिएका छन्। आज धनगढीमाई नगरपालिकाको प्रशासकिक भवनमा रहेको निर्वाचन कार्यालयमा सम्पन्न मनोनयन कार्यक्रममा १४ दलका उम्मेवार र १५ स्वतन्त्रसहित २९ जनाले उम्मेवादरी दिएका हुन्।

सवैभन्दा पहिला राष्ट्रिय प्रजातन्त्रपाटीका उमेदवार श्याम किशोर साह हलुवाईले उम्मेद्वारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत रजित कुमार यादवले जानकारी दिए।

नेपाली काँक्रेसका रामचन्द्र यादव, नेपाली कम्यूनिष्ट पार्टीबाट मुक्तिनारायण यादव, नेकपा एमालेबाट नवीन कुमार यादव, राष्ट्रिय स्वातन्त्र पार्टीका शिवशंकर यादव (शिव), राष्ट्रिय जनमुक्ति पार्टीबाट कौशल कुमार सिंह, जनमत पार्टीका विनोद कुमार यादवले उमेदवारी मनोनयन गराएका छन्।

त्यसैगरी, नेपाल मजदुर किसान पार्टीका राज कुमार पासवान, नेपालका लागि नेपाली पार्टीका राम कुमार यादव, उज्यालो नेपाल पार्टीका ललित कुमार सिंह, आम जनता पार्टीका विल्टु यादव, बहुजन एकता पार्टी नेपालबाट सबुरलाल राम र जनता समाजवादी पार्टी नेपालका संजीव कुमार यादवले उम्मेदवारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित