बक्यौता रकम उठाउन जादा गालीगलौज र धम्की

Picture of हरियो पाटी

हरियो पाटी

636
SHARES
871
VIEWS

सिरहा-कुखुराको दाना खरिदबापत लामो समयदेखि बाँकी रहेको रकम उठाउन गएका वेस्टर्न फिड प्रा.लि.जिल्ला कैलालि गेटा-८,धनगढीका प्रतिनिधीलाई व्यवसायीले धाकधम्की दिएको आरोप लागेको छ।

वेस्टर्न फिड प्रा.लि.कम्पनी प्रतिनिधिका अनुसार सिरहाको विष्णुपुर गाउँपालिका–५, लक्ष्मीपुरका कृष्णप्रसाद यादवले बक्यौता रकम माग्न जाँदा गालीगलौज र धम्की दिएका हुन्।यादवले लामो समयदेखि कुखुराको दाना खरिद गरे पनि हालसम्म भुक्तानी नगरेको प्रतिनिधिको भनाइ छ।

कम्पनिका प्रतिनिधिका अनुसार, उद्योगको तर्फबाट पटक–पटक समय दिइए पनि रकम नतिरेको र पछिल्लो पटक २०८१ मंसिर ८ गते खातामा रकम नभएको चेक दिएको बताए। उक्त चेक हालसम्म पनि भुक्तानी नभएको उनको दाबी छ।रकम माग्न जाँदा उल्टै अपमान र धाकधम्की सहनुपर्‍यो। उद्योगको करिब चार लाख रुपैयाँ उठाउन निकै कठिन भएको बताए । कम्पनीका प्रतिनिधीले भने,रकम असुल हुन नसकेपछि उद्योगले प्रहरी प्रशासनलाई जानकारी गराए पनि स्थानीय तहबाट अपेक्षित सहयोग नपाएको उनको गुनासो छ।

यता आरोपित कृष्णप्रसाद यादवले भने आफूले कुनै किसिमको धाकधम्की नदिएको दाबी गरेका छन्। मैले कसैलाई धम्क्याएको छैन। मेरो आफन्तकहाँ गएर बदनाम गर्ने अधिकार कसैलाई छैन। मैले त्यति मात्र भनेको हुँ, स्पष्ट पारे। साथै उनले आफूले तिर्न बाँकी रकम चाँडै भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन्।

यता,जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख अन्न्तराम शर्माले,चेक बोनस सम्बन्धि थुप्रै मुदा रहेका कारण कृष्ण प्रसाद यादबको विषयमा के कहाँ अनुसन्धान पुगेको छ ,भन्ने विषयमा मुदा हेरेर मात्र भन्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित