काठमाडौँ। नेकपा (एमाले) को ११औँ महाधिवेशनमा संस्थापन अर्थात् केपी शर्मा ओली पक्षलाई आफ्नो प्यानल सार्वजनिक गर्न कठिन भइरहेका बेला ईश्वर पोखरेल पक्षले भने आफ्नो प्यानलका पदाधिकारी धमाधम टुङ्गो लगाउन थालेको छ।
नेताहरूका अनुसार ईश्वर समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने निश्चित भएको छ भने उपाध्यक्षमा गोकर्ण विष्टको पनि निश्चित भएको छ। उपमहासचिवमा योगेश भट्टराईको नाम कन्फर्म भएको छ।
त्यस्तै पाँच उपाध्यक्षमा विष्टबाहेक परशुमेघी गुरुङ, बिन्दा पाण्डे, अरुण नेपालको लगभग टुङ्गिए पनि फाइनल हुन बाँकी रहेको बताइएको छ। पोखरेल समूहबाट सचिवमा ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल गर्ने तयारी भएको छ।
यी नामहरू लगभग फाइनलजस्तै हुन्। तर केही छलफल पनि भइरहेको छ,’ ईश्वर पक्षका एक नेताले भने, ‘१० बजेभित्र उपमहासचिवको पनि टुङ्गो लाग्छ।’ एमालेको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी मनोनयनको समय तोकिएको छ।


















Discussion about this post