कर्णाली ‘प्ले अफ’को समीकरणबाट बाहिरियो, पोखरा ३४ रनले विजयी

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जसले कर्णाली याक्सलाई ३४ रनले हराएको छ । पोखराले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १ सय ६७ रन बनाएर सबै विकेट गुमायो ।

कर्णालीका मार्क वाटले ५९ रन बनाए । पोखराका धनञ्जय लक्क्ष्न र रिशी धवनले समान ३ तथा किरण थगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि किकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर दुई सय एक रन बनायो । कर्णालीले जीतका लागि दुई सय दुई रनको लक्ष्य पाएको छ ।

पोखराका एडम रोसिङटनले शतक बनाए । उनी ५८ बलमा एक सय ८ रनमा अविजित रहे । जोसन रोयले ४६ रन बनाए । कर्णालीका मार्क वाट र गुलसन झाले एक/एक विकेट लिए ।

यो जीतसँगै पोखरा ५ खेलमा ४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । प्लेअफमा पुग्ने आशालाई कायम राख्न टोलीले बाँकी रहेको दुई खेल जित्नु पर्ने हुन्छ ।

पराजित भएको कर्णाली ६ खेलमा २ अङ्कसहित सातौं स्थानमा छ । कर्णाली प्लेअफको समीकरणबाट बाहिरिने पहिलो टोली बनेको छ ।

गएको मङ्सिर १ गतेदेखि शुरू भएको एनपीएल यही मङ्सिर २७ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित