धनुषामा प्रहरीले नै गोली हानी एक वडाध्यक्षको हत्या गरेको छ धनुषाको मिथिला बिहारी नगरपालिका ९ का वडाध्यक्ष बिन्देश्वर यादवको हत्या गरिएको हो । उनलाई धनुषा प्रहरीमा कार्यरत गाउँकै शम्भू यादवले गोली हानी हत्या गरेका छन् ।
उनलाई जिल्ला प्रहरी धनुषाले हिरासतमा लिएका छन् । गाउँमा श्राद्धको भोजमा दुई पक्षबीच भएको विवाद मिलाउन गएका वडाध्यक्षको हत्या गरिएको स्थानीयले बताएका छन् । हत्या गर्ने प्रहरी पनि सोही गाउँका रहेको स्थानीयले बताए ।
जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले घटना सम्बन्धमा पूर्ण विवरण नआएको बताए । तर, एक जना वडाध्यक्षको मृत्यु भएको र दुई जना घाइते रहेको उनले बताए ।
घाइतेको जनकपुर स्थित प्रदेसिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।


















Discussion about this post