मट्काफोड प्रतियोगितामा ओम प्रकाश यादव टीम प्रथम

Picture of हरियो पाटी

हरियो पाटी

533
SHARES
730
VIEWS

सिरहा, ३१ साउन। कृष्ण जन्मअष्ठमीको अवसर पारेर सिरहाको चोहर्वा बजारमा आयोजित मट्काफोड प्रतियोगितामा गोलबजार ८ भाईजीटोलको ओम प्रकाश यादव टीम प्रथम भएको छ। २२ फिट उचाइमा झुण्ड्याएको मट्का ५७ सेकेन्डमा फोरेर यादवको टिम पहिलो भएको हो।

मण्डल समाज टिम एक मिनेट २२ सेकेन्डमा मट्का फोरेर दोस्रो र गोलबजार ७ का श्री कृष्ण युवा टिम २१ फिट उचाइमा राखिएको मट्का चालिसेकेन्डमा फोडेर तेस्रो भएका छन्। प्रथम हुने ठिमलाई ३१ हजार पाँच सय ५५ रुपैयाँ नगदसहित ट्रफि प्रदान गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार पाँच ५५ र १५ हजार पाँच सय ५५ रुपैया नगद प्रदान गरिएको मेला व्यवस्थापन वसमितिका अध्यक्ष किशोरी यादवले जानकारी दिए।

मट्का फोर कार्यक्रममा सहभागी सवै टिमलाई  ७ हजार एक ५५ रुपैयाँका दरले प्रदान गरिएको थियो।

प्रतियोगितामा सातवटा टिमहरु सहभागी भएका भएका थिए।

चोहर्वा बजार विकास समितिका अध्यक्ष नागेन्द्र प्रसाद महतोको अध्यक्षतामा सम्पन्न मट्का फोड कार्यक्रममा प्रतिनिधीसभा सदस्य लिलानाथ श्रेष्ठ, गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश सदस्य रामचन्द्र सिंह लगाएका उपस्थिति रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित