गायक उदितनारायण झा विवादमा तानिए

Picture of हरियो पाटी

हरियो पाटी

533
SHARES
730
VIEWS

काठमाडौं – गायक उदितनारायण झा विवादमा तानिएका छन्।यतिबेला सामाजिक सञ्जालमा एक भिडिओ भाइरल भइरहेको छ। जसमा उदितले एक महिला फ्यानलाई चुम्बन गरेका छन्।

३१ जनवरी राति उदितनारायण एक कन्सर्टमा गाउँदै थिए। त्यसपछि सेल्फी खिच्ने क्रममा एक महिला फ्यानले उनको गालामा चुम्बन गरिन्। त्यसपछि उदितले ती फ्यानलाई ओठमा किस गरे। उक्त भिडिओ बाहिरिएपछि गायक उदितको आलोचना भइरहेको छ।

सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उदितले स्पष्टीकरण दिएका छन्।

फ्यानमा यति धेरै पागलपन छ। हामी यस्तो छैनौं, हामी सभ्य छौं। केही मानिसहरूले यसलाई प्रोत्साहित गर्छन् र यसको माध्यमबाट आफ्नो माया व्यक्त गर्छन्। यस्तो कुरालाई उडाएर के गर्नु’ उनले भने, ‘भिडमा धेरै मानिस थिए र हामीसँग अंगरक्षक पनि थिए। फ्यानले हामीलाई भेट्ने मौका पाउनुपर्छ जस्तो लाग्छ। त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात चुम्बन गर्छन्। यो सब क्रेज हो, यसमा त्यति ध्यान दिनुहुन्न।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित