प्रहरीको घुमुवा भन्दै पैसा असुल्ने लागु औषधसहित पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

रौतहट । आफूलाई जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपीको घुमुवा सादा पोसाकको प्रहरी बताएर विभिन्न ठाउँमा पैसा उठाउँदै आएका एक जनालाई प्रहरीले लागु औषध सहित पक्राउ गरेका छन्। पक्राउ पर्नेमा परोहा नगरपालिका २ का ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन्।

स्थानीय परोहा-२ लालबकैयाका ३५ वर्षीय बैठाले बाटोमा बसी स्थानीय व्यापारीहरूलाई म एसपीको घुमुवा प्रहरी हुँ भनी धाक धम्की दिँदै पैसा असुल्दै छ भने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीको कमान्डमा गएको प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको थियो।

बैठालाई नियन्त्रणमा चेकजाँच गर्दा उनको साथबाट २२ पोका गाँजा २०० ग्राम, नाइट्रोभेट ट्याब्लेट १० पिस, cocas DX-१ बोटल, मोबाइल थान १, नगद  १७ हजार, ९३५रुपैयाँ र  प्रदेश २-०३-०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

हाल बैठा इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित