पाइलट बाबाको निधन

Picture of हरियो पाटी

हरियो पाटी

534
SHARES
732
VIEWS

भदौ ४ काठमाडौं – भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा भारतको मुम्बइस्थित एक अस्पतालमा आज निधन भएको छ।

मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली सन्तसँग उहाँले सन् १९७४ मा दीक्षा लिनुभएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले राससलाई जानकारी दिए।

नेपाली गुरुसँग शिक्षा लिनुअघि उहाँ भारतीय वायुयान सेवामा पाइलट रहनुभएकाले उनलाई पाइलट बाबा भनिएको हो । यही नामले उनी प्रसिद्ध भए।

पाइलट बाबाले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित घ्याम्पेडाँडामा पाइलट बाबा आश्रम बनाएका छन् । आश्रममा उहाँ बेला बेलामा आएर बस्ने गरेका थिए।

नेपालमा उनका चिकित्सकलगायत विभिन्न पेशा र व्यवसायमा आबद्ध धेरै शिष्य छन् । भारतको प्रयोगमा हुने प्रत्येक कुम्भ मेलामा जाँदा नेपालीलाई बस्ने, खानेलगायत सुविधा दिई उनले आश्रय दिने गरेको पनि उनले बताए।

पाइलट बाबा बिहारको सहर्षा जिल्लाको राजपरिवारका सदस्यका रुपमा जन्मिएका थिए। हरिद्वार र गङ्गोत्रीलगायत धेरै स्थानमा उनले जुना अखडा नामका आश्रम चलाउने गरेका थिए । उनलाई महामण्डलेश्वरको पदवीसमेत दिइएको थियो ।

जुना अखडाका सबै आश्रममा आजैदेखि तीन दिनसम्म शोक मनाउने जनाइएको छ । उनलाई उत्तराखण्डको पवित्र भूमिमा समाधि गरिने भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित