नगर प्रमुख श्रेष्ठद्वारा भुल्कियाको जनता आधारभूत विद्यालय भवनको शिलान्यास

Picture of हरियो पाटी

हरियो पाटी

536
SHARES
734
VIEWS

गोलबजार । राष्ट्रपति सैक्षिक सुधार कार्यक्रमअन्तर्गत गोलबजार नगरपालिका–१ स्थित श्री जनता आधारभूत विद्यालय, भुल्कियामा दुईकोठे विद्यालय भवन निर्माण हुने भएको छ।

गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठको विशेष पहलमा निर्माण हुन लागेको भवनको बुधबार नगर प्रमुख श्रेष्ठले शिलान्यास गरेका छन्। करिब २५ लाख रुपैयाँको लागतमा भवन निर्माण गरिने नगर प्रमुख श्रेष्ठले जानकारी दिए।

दलित तथा विपन्न समुदायको बाक्लो बसोबास रहेको भुल्किया क्षेत्रका विद्यार्थीलाई सहज र सुरक्षित शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले भवन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख श्रेष्ठले शिक्षाको पहुँचबाट कुनै पनि बालबालिका वञ्चित हुन नदिन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। उनले विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन विद्यालयको भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको उल्लेख गरे।

“विद्यालयको भवन निर्माण गर्नु भनेको केवल संरचना निर्माण गर्नु होइन, यहाँका बालबालिकाको भविष्य निर्माण गर्नु हो। दलित तथा विपन्न समुदायका बालबालिकाले पनि गुणस्तरीय र सुरक्षित वातावरणमा पढ्न पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,” नगर प्रमुख श्रेष्ठले भने।

उनले निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत स्थानीय सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित