आइफोनलाई लिएर विवाद हुँदा छोरासहित एकै परिवारका तीन जनाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

नायाँ दिल्हि– भारतको महाराष्ट्रमा आइफोन किनिदिन आमाबाबुले अस्वीकार गरेपछि उत्पन्न विवाद दुःखद घटनामा परिणत भएको छ।

उक्त घटनामा १८ वर्षीय कुणाल चन्दवाडेसहित उनका आमाबाबुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीका अनुसार कुणाल शुक्रबार बिहान तिसगाउँ नजिकैको खवड्या डोंगर पुगेका थिए। उनको अवस्थाबारे थाहा पाएपछि परिवारका सदस्य, स्थानीयवासी, प्रहरी र दमकलकर्मी घटनास्थल पुगेका थिए।

करिब तीन घण्टासम्म उनलाई सुरक्षित स्थानमा फर्काउन प्रयास गरिएको थियो। उनकी आमा संगीताले छोरालाई लगातार सम्झाउँदै फर्किन आग्रह गरेकी थिइन्। गाउँले र उद्धारकर्मीले पनि उनलाई सम्झाउने प्रयास गरेका थिए।

तिसगाउँका सरपञ्च संजय जाधवले कुणाललाई शान्त पार्न आइफोन दिने प्रस्तावसमेत गरेको बताएका छन्। तर उनको प्रयास सफल हुन सकेन। ‘हामीले उनलाई आमाको बारेमा सोच्न र यस्तो कदम नचाल्न भनिरहेका थियौं,’ जाधवले भने।

घटनाक्रममा कुणालका बुबा मुरलीधर उनलाई सुरक्षित स्थानमा ल्याउने प्रयासमा अघि बढेका थिए। त्यस क्रममा दुवैको पहाडबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ। पछि उनकी आमाको पनि मृत्यु भएको भयो।

प्रहरीका अनुसार तीनै जनाको शव उद्धार गरी पोस्टमार्टमका लागि पठाइएको छ। परिवार जालना जिल्लाको धनगर पिम्पलगाउँका बासिन्दा रहेको बताइएको छ। प्रहरी अधिकारीहरूले घटनाको वास्तविक क्रमबारे अनुसन्धान भइरहेको र घटनास्थलमा रहेका व्यक्तिहरूको बयान लिने काम भइरहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित