गोलबजारमा योग शिविर सम्पन्न, नगरपालिकाले आर्थिक सहयोग गर्ने

Picture of हरियो पाटी

हरियो पाटी

537
SHARES
735
VIEWS
  1. गोलबजार नगरपालिकाले शिविर सञ्चालन गर्न समितिलाई १० लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्ने नगर प्रमुख श्याम कुमार श्रेष्ठको घोषणा ।

सिरहा- गोलबजार मा पतञ्जलि योग समिति गोलबजार युवा नेपाल समिति र गोलबजार नगरपालिका वडा नम्बर ४ को संयुक्त आयोजनामा सञ्चालन गरिएको योग शिविर सम्पन्न भएको छ। शिविरमा प्रत्येक दिन करिब ५ सय जना सहभागी हुने गरेका थिए।

स्वस्थ जीवनको आधार, योग नै सच्चा उपहार”, “योग गरौं, निरोग रहौं” तथा “स्वस्थ रहौं, सुखी रहौं” भन्ने मूल नारासहित सञ्चालन गरिएको शिविरमा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि श्याम कुमार श्रेष्ठ ले मानव जीवनमा योगको महत्वपूर्ण भूमिका रहेको बताउँदै प्रत्येक नागरिकलाई योगमा सहभागी हुन आग्रह गरे। उनले नगरपालिकाले प्रत्येक वडामा योग शिविर सञ्चालन गर्न समितिलाई १० लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्ने घोषणा समेत गरे।

नगर प्रमुख श्रेष्ठले हाल जग्गादाताबाट प्रदान गरिएको जग्गा समितिको नाममा आधिकारिक रूपमा हस्तान्तरण हुने प्रक्रियामा रहेको जानकारी दिँदै, जग्गा समितिको नाममा आएलगत्तै पतञ्जलि युवा नेपाल समिति को भवन निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिने बताए।

कार्यक्रममा विभिन्न क्षेत्रका स्थानीय बुद्धिजीवी, समाजसेवी, युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो। आयोजकका अनुसार योगमार्फत स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित