जनमतका समानुपातिक उम्मेदवार नेकपा प्रवेश, अजयशंकर नायकलाई सघाउने

Picture of हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

सिरहा– जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। कर्जन्हा नगरपालिका– ८ का अध्यक्षसमेत रहेका दनुवार मंगलबार आयोजित एक कार्यक्रमबिच नेकपा प्रवेश गरेका हुन्।

उनलाई नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं सिराहा क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका उम्मेदवार अजयशंकर नायक, नेता रामचन्द्र ठाकुर, प्रकाश अधिकारीलगायतले स्वागत गरेका थिए।

दनुवारले सिराहा क्षेत्र नं. ४ मा नेकपाका उम्मेदवार नायकलाई विजयी बनाउन आफू पार्टी प्रवेश गरेको बताए। उनले विकास, स्थायित्व र राजनीतिक सहकार्यका लागि आफ्नो निर्णय रहेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित