अस्पतालबाट शव हराएको घटनामा छानबिन समिति गठन

Picture of हरियो पाटी

हरियो पाटी

524
SHARES
718
VIEWS

सिरहाकाे  लहान स्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहानको शवगृहमा पोस्टमार्टमका लागि राखिएको रमेश वानियाँकी  १६ वर्षीया छोरीको शव हराएको घटनामा छानबिन गर्न समिति गठन भएपछि करिव ५ घण्टा अवरुद्ध मगलबार सडक खुलेको छ।

आक्रोशित स्थानीयलय पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजारमा गरेको अवरुद्ध इलाका प्रशासन कार्यालय लहानका प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि खुलेको हो।

घटनाको निष्पक्ष र प्रभावकारी छानबिनका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र  शवगृहको जिम्मेवारीमा रहेका कर्मचारी जिम्मेवारीबाट हटाउने सहमति भएको वडा अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए।

निशा माघ १० गते आफ्नै घरको कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
इलाका प्रहरी कार्यालय गोलबजारले आवश्यक मुचुल्का गरी पोस्टमार्टमका लागि सोही दिन शव रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहान पठाएको थियो।

शनिबार नै शव अस्पताल पुरयाइए उनका बुबा आमा भारतमा रहेकाले सोमबार मात्रै आएर पोष्टमार्टमको लागि अस्पताल पुग्दा निशाको शव भेटएनन्।

उही दिन अस्पतालमा सप्तरीको खडक नगरपालिका १, करर्बोना निवासी १६ वर्षीया राधिका साहको शव पनि पोस्टमार्टमका लागि ल्याइएको थियो। पोस्टमार्टमपछि एउटा शव बाहिर निकालिएको थियो, जुन राधिकाको भएको भन्दै उनका आफन्तले बुझेरलगेको अस्पतालले बताएको छ। तर पछि उक्त शव राधिकाको नभई निशाको भएको अस्पतालको भनाई छ।

आफन्त  भने यस विषयलाई मान्न तयार छैन। उनीहरुले शव हराउनुलाई रहस्यमय भएको बताएका छन्।
पूर्व मन्त्रि लिलानाथ श्रेष्ठले पनि घटना आशंकापूर्ण भएकोले यसको उचित छानविन हुनु पर्नेमा जोड दिएको छ।
सडक अवरुद्धका कारण सयौं सवारीसाधान र हजारौं यात्री अलपत्र परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित