सिरहा, ५ माघ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन उनले पदबाट राजिनामा दिएका हुन्।
प्रधानमन्त्रीलाई भेटेर राजीनाको विषयमा सबै कुरा जानकारी गराइसको बताउँदै मन्त्री गुप्ताले प्रक्रियागत कुराहरु आज टुङ्गो लगाउने बताए। उनले फागुन २१ को निर्वाचनमा केन्द्रित हुन राजीनामा दिएको जानकारी दिए।
उनी राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारको रुपमा चुनाबमा सहभागी हुने निश्चित भइसकेको छ।
गुप्ता सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा उनी जेन–जी अर्थात् युवा पुस्ताको प्रतिनिधिको रूपमा सहभागी भएका थिए। युवा र खेलकुद क्षेत्रमा नयाँ काम गर्न थाले पनि राजनीतिक यात्रालाई थप उचाइ दिन प्रत्यक्ष निर्वाचनमा जाने निर्णय गरेको उनले बताए।
मन्त्री गुप्ताले सिरहा क्षेत्र नम्वर १ बाट उम्मेद्वारी दिने भएको छ। उनले चुनाव केन्द्रित भएर पहिलैदेखि तयारी आफ्नो क्षेत्रमा भेटभाट र छलफललाई तिव्र वनाउँदै आएका थिए।


















Discussion about this post